मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित • Osvevo

मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित

Osnepal May 19, 2023
0

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ससदकोृ संयुक्त बैठकमा पेस गर्नुअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।  

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको उक्त नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर