हरिवंश आचार्यको ‘काउली’लाई हेरियो करोड पटक • Osvevo

हरिवंश आचार्यको ‘काउली’लाई हेरियो करोड पटक

Osnepal Admin (KTM) May 19, 2023
0

काठमाडौं । अभिनेता हरिवंश आचार्यको नयाँ गीत ‘काउली’ले युट्युबमा एक करोड पटक हेरिएको छ । गीतलाई हरिवंश र शान्तिश्री परियारले मिलेर गाएका हुन् । यो रोमान्टिक र डान्सिङ ट्रयाकमा हरिवंशसहित प्रियंका कार्की, प्रकाश सपुत र बालकृष्ण वलीले अभिनय गरेका छन् ।

यो गीतले कृषिप्रधान भूगोलको पात्र, मनोदशा र चाहनालाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ ।काउलीले एक करोडभन्दा बढी भ्युज प्राप्त गरेसँगै हरिवंशले दर्शक, कलाकार र प्राविधिकप्रति आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर