कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते • Osvevo

कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

LC (KTM) May 24, 2023
0

कञ्चनपुर- कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।

“बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भन्नुभयो, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।”

गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले भन्नुभयो, “कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर