प्रेमीसँग घुम्न गएकी अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा परी मृत्यु • Osvevo

प्रेमीसँग घुम्न गएकी अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा परी मृत्यु

Osnepal Admin (KTM) May 24, 2023
0

एजेन्सी – बलिउड अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा परी मृत्यु भएको छ । निर्माता तथा अभिनेता जेडी मजेठियाले यो खबरको पुष्टि गरेका छन् ।सीआईडी’ र ‘अदालत’ जस्ता धेरै शोकी हिस्सा रहेकी उनले ‘ साराभाई भर्सेस साराभाई ’ मा जस्मिनको भूमिका निभाएकी थिइन् ।

‘साराभाई भर्सेस साराभाई’ मा सँगै काम गरेकी अभिनेत्री रुपाली गांगुलीले पनि सामाजिक सञ्जालमा यसका लागि दुःख व्यक्त गरेकी छिन् । दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि सँगै रहेको र उनी भने घाइते भएको बताइएको छ ।

गाडी अनियन्त्रित भएर सडकभन्दा ५० फुट मुनी खसेको बताइएको छ । वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर