जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ • Osvevo

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Osnepal May 24, 2023
0

काठमाडौं, १० जेठ ।  काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर