साताको चौथो दिन सेयर बजार १६‍.४९ अंकले बढ्याे,१ अर्ब ८७ करोड ३० लाख रुपैयाँको कारोबार • Osvevo

साताको चौथो दिन सेयर बजार १६‍.४९ अंकले बढ्याे,१ अर्ब ८७ करोड ३० लाख रुपैयाँको कारोबार

Osnepal May 24, 2023
0

काठमाडौ,  १० जेठ ।  साताको चौथो काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बुधबार नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँकाे कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर