अनुदानमा बाख्रा पाएपछि खुसीले गदगद छन् चेपाङ समुदाय • Osvevo

अनुदानमा बाख्रा पाएपछि खुसीले गदगद छन् चेपाङ समुदाय

Osnepal May 25, 2023
0

गोरखा, ११ जेठ ः गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि गर्नका लागि बाख्रा वितरण गरेको हो ।

यो पनि ; धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरियो :बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।

“यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उहाँले भन्नुभयो । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा प्रधानले बताउनुभयो ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर