काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले प्रहरीले दुई दिनअघि बुझाएको प्रतिवेदन अध्ययन गरी बुधबार अदालतमा मुद्दा दायर गरेको हो ।
२२७१ दर्ता नम्बर रहेको सो मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ ।
सो अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री वालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना छन् ।सो प्रकरणमा मुख्य नाइकेमा पाँच जनालाई प्रस्तुत गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।