आज नेप्से बन्द, सेयर कारोबार नहुने • Osvevo

आज नेप्से बन्द, सेयर कारोबार नहुने

Osnepal May 25, 2023
0

काठमाडौ, ११ जेष्ठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६।४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर