ढोरपाटन, १० जेठ ः बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा हँसिया जप्दै आरन व्यवसायी । युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।
यो पनि : १ हजार रुपैयाँले घट्यो सुनको ,;काठमाडौं, ११ जेठ । नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।