भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने • Osvevo

भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने

Osnepal Admin (KTM) May 25, 2023
0

भक्तपुर, ११ जेठ -कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।

जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुशमा सहभागी भई ऐक्यवद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुमा सादर आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर