काभा भलिबल: नेपाल आज काजकस्तानसँग सेमिफाइनलमा भिडदै • Osvevo

काभा भलिबल: नेपाल आज काजकस्तानसँग सेमिफाइनलमा भिडदै

Osnepal May 26, 2023
0

काठमाडौं, १२ जेठ । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधवारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

समुह एको उपबिजेता नेपाल र समुह बिको बिजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर