पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध • Osvevo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

Osnepal May 26, 2023
0

पाकिस्तान, १२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर