रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पीडित बोहराले दिइन् निबेदन • Osvevo

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पीडित बोहराले दिइन् निबेदन

Osnepal Admin (KTM) May 26, 2023
0

काठमाडौँ । रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पीडितले निवेदनले दिने भएका छन् । टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध शारदाले निवेदन दिन लागेकी हुन् ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् ।

जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।न्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर