५० हजार घुस रकमसहित पक्राउ परेका वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर • Osvevo

५० हजार घुस रकमसहित पक्राउ परेका वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

LC (KTM) May 26, 2023
0

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई रु ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर