किरिया खर्च र स्कुटर किन्न पैसा दिने सहमतिमा सीताका आफन्तले खुलाए अवरुद्ध सडकखण्ड • Osvevo

किरिया खर्च र स्कुटर किन्न पैसा दिने सहमतिमा सीताका आफन्तले खुलाए अवरुद्ध सडकखण्ड

LC (KTM) May 26, 2023
0

दाङ-सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर-हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष, यातायात व्यवसायी र प्रहरीबीच सहमति भएको हो ।

बिहीबार विहान शान्तिनगर गाउँपालिका-७ मा रहेको माध्यमिक विद्यालय जाँदै गरेकी शिक्षिका सवार रा७ ४२३७ नम्बरको स्कुटरलाई दङ्गीशरण-५ कुमालगडीमा रा१ज ९२३ नम्बरको जीपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी शिक्षिका सीता लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पीडित परिवार आन्दोलनमा उत्रिएपछि पीडित परिवारलाई किरिया खर्च वापत रु ५० हजार, बीमा बापतको रु ५ लाख ४५ दिनभित्र उपलब्ध गराउने र क्षतिग्रस्त स्कुटर मर्मत गर्ने सहमति भएपछि यातायात सञ्चालन भएको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर