रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृहमन्त्रालयमा फिर्ता • Osvevo

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृहमन्त्रालयमा फिर्ता

Osnepal May 26, 2023
0

काठमाडौं, १२ जेठ । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर