गायक सरगम राईको स्वरमा ’जिन्दगीको मोडहरुमा’ स्टार र विमला • Osvevo

गायक सरगम राईको स्वरमा ’जिन्दगीको मोडहरुमा’ स्टार र विमला

Osnepal May 26, 2023
0

काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् ।

गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।

भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ । दुःख पछिको सुख र नव विवाहित जोडिले जिवनमा भोग्ने गरेको जिवन सघर्षलाई गीतलाई सफल रुपमा चित्रण गरिएको छ ।

काठमाण्डौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ । गीतलाई ’आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन , अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर