प्रदेशको औचित्य पुष्टि गर्न कर्णालीले अगुवाई गर्नुपर्छ - सांसद शाह • Osvevo

प्रदेशको औचित्य पुष्टि गर्न कर्णालीले अगुवाई गर्नुपर्छ – सांसद शाह

Osnepal Admin (KTM) May 27, 2023
0

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु माथी धारणा व्यक्त गर्दै प्रदेशसभा सदस्य राजीव बिक्रम शाहले कान्छो प्रदेश भएका कारण प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने सबैभन्दा ठूलो दायित्व कर्णाली प्रदेशको रहने बताएका छन् ।

शाहले कर्णाली प्रदेश कसैको निगाहमा नभएर जनताको लडाइँ बाट प्राप्त भएको कारण सरकारले निर्माण गर्ने बजेटमा प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको मुहार झल्कनुपर्ने सुझाव दिएका छन् ।

कर्णाली प्रदेश सरकारले पर्यटन,कृषि,पुर्वाधार, जलविद्युत र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । टुक्रे योजना भन्दा परिणाम देखिने खालका योजना तर्जुमा गर्न उनले सरकार सङ माग गरेका छन् ।

तीन खम्बे अर्थ नीतिलाई कार्यान्वयन गर्न सरकार जिम्मेवार बन्नुपर्ने उनको धारणा छ , युवाहरूलाई कर्णालीमा केही गर्ने वातावरण सिर्जना गर्न बैज्ञानिक तवरले बजेट विनियोजन गर्न समेत शाहले माग गरेका छन् ।

शाहले आर्थिक अराजकताको अन्त्य गर्दै समृद्ध कर्णाली निर्माणमा सबै जुट्नु आह्वान गरेका छन् । सरकारले खर्च घटाउने नीति लिए पनि चालु खर्च घटाउँदै पुँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।प्रदेशसभामा उठेका सकारात्मक सुझावलाई लिएर अगाडि बढ्न पनि नेता शाहले सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर