पछिल्ला २४ घन्टामा ५ जना कोरोनामा संक्रमण • Osvevo

पछिल्ला २४ घन्टामा ५ जना कोरोनामा संक्रमण

Osnepal Admin (KTM) May 27, 2023
0

काठमाडौं, १३ जेठ । पछिल्ला २४ घन्टामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने सो सँगै कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर