हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी • Osvevo

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

LC (KTM) May 27, 2023
0

हेटौँडा-मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट छ, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौँबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ ।

“मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्”, उहाँले भन्नुभयो । उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ । उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर