होटलमा बेहोस भएका बैतडीका चन्दको मृत्यु • Osvevo

होटलमा बेहोस भएका बैतडीका चन्दको मृत्यु

Osnepal May 28, 2023
0

धनगढी, १४ जेठ-होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ ।

मेलौली नगरपालिका(७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका(२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए ।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ । घटनाबारे प्रहरीले छानबिन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर