किशोरकुमारको बायोपिकबाट एक्कासी अलग्गिँदै रणवीर कपूर • Osvevo

किशोरकुमारको बायोपिकबाट एक्कासी अलग्गिँदै रणवीर कपूर

Osnepal May 28, 2023
0

मुम्बई, १४ बैशाख । हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् ।

कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।

निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ । केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर