रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय सागरले गुमाए ज्यान • Osvevo

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय सागरले गुमाए ज्यान

Osnepal May 28, 2023
0

काठमाडौं, १४ जेठ-रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर