आज पनि घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे • Osvevo

आज पनि घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे

Osnepal Admin (KTM) May 28, 2023
0

काठमाडौ,  १४ जेष्ठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ ।

आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर