अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय • Osvevo

अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय

Osnepal May 28, 2023
0

काठमाडौं, १४ जेठ । सरकारले लमजुङकी अनिता ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

साथै बैठकले गणतन्त्र दिवसको अवसरमा केही कैदीको बाँकी सजाय र केही कैदीलाई आममाफी दिने निर्णय गरेको छ । जसमा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन उनको निवेदनको आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने बैठकले निर्णय सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने,  क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने र वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर