प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यी हुन् सदस्यहरू • Osvevo

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यी हुन् सदस्यहरू

Osnepal May 28, 2023
0

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

समिति सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल,  पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्ताैला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर