न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई गर्यो पराजित • Osvevo

न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई गर्यो पराजित

Osnepal Admin (KTM) May 28, 2023
0

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । आइतबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २–१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा रहेको छ ।त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा चेतन कुमार थारुले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर