प्रचण्डको भारत भ्रमणको बिषयमा बाबुरामले दिए यस्तो सुझाब • Osvevo

प्रचण्डको भारत भ्रमणको बिषयमा बाबुरामले दिए यस्तो सुझाब

Osnepal Admin (KTM) May 28, 2023
0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण बिषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसंग परामर्श गर्नुभएको छ । आइतबार सिंहदरबारमा भएको छलफलमा सरकारात्मक सुझाव प्राप्त भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । उहाले अब पूर्वराजदूत, विज्ञको पनि सुझाव लिएर राष्ट्रको हितमा भारत भ्रमणलाई उपयोग गर्ने बताउनुभयो । आफ्नो भारत भ्रमण राष्ट्रिय सहमतिमै हुने उहाको भनाइ छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पारावहन, सीमा समस्या, इपिजी प्रतिवेदन बुझ्ने लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएको बताउनुभयो । उहाले नेपाल भारत पानीको विवादलाई पनि समाधान गर्नुपर्नेमा जोड दिएको जिकिर गर्नुभयो ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्ने, ईपीजी प्रतिवेदन बुझ्नका लागि जोड दिनुपर्ने सुझाव दिएको बताउनुभयो ।त्यस्तै अन्य सहभागीहरुले राष्ट्रहितलाई केन्द्रमा राखेर वार्ता र छलफल गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डले यहि १७ गतेदेखि भारत भ्रमण गर्दै हुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर