बागमती प्रदेशसभा बैठकद्वारा धन्यवाद प्रस्ताव पारित • Osvevo

बागमती प्रदेशसभा बैठकद्वारा धन्यवाद प्रस्ताव पारित

LC (KTM) May 28, 2023
0

मकवानपुर – बागमती प्रदेशको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालद्वारा प्रस्तुत धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त धन्यवाद प्रस्तावलाई प्रदेशसभाका सदस्य मधुसुदनप्रसाद पौडेलले समर्थन गर्नुभएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रमप्रति टेबुल गर्नुभएको थियो ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १७ गते अपराह्न १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर