प्रधानमन्त्रीको भारत भ्रमण: एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका • Osvevo

प्रधानमन्त्रीको भारत भ्रमण: एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

Osnepal Admin (KTM) May 29, 2023
0

काठमाडौं । यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ ।

नेपाल र भारतबीच थुप्रै मुद्दाहरू भएकोले स्वभाविकै रूपमा छलफलमा धेरैले धेरै सुझाव दिएका छन् । तर, पनि भ्रमणमा सरकारको एजेन्डा र प्राथमिकता के हो भन्ने विषय स्पष्टसँग खुलेको छैन । यसले गर्दा प्रधानमन्त्रीको भारत भ्रमणलाई देशभित्रै पनि शंकाको दृष्टिले हेरिएको छ ।

केही दिनअघि परराष्ट्रमन्त्री एनपी साउदले पनि पूर्व परराष्ट्र मन्त्री लगायतसँग प्रधानमन्त्रीको भारत भ्रमणबारे परामर्श गर्नुभएको थियो । त्यस बेलामा पनि सरकारको एजेन्डा के होरु प्राथमिकता के होरु भन्ने बारेमा कुनै छलफल नभएको परामर्शमा सहभागीहरूले बताए ।

परामर्शमा सहभागी तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका कूटनीतिज्ञ डा। दिनेश भट्टराईले नेपाल समाचारपत्र सँग भन्नुभयो– ‘भ्रमणका क्रममा दुई पक्षबीच व्यापक छलफल हुने भनिएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

तर, के विषयमा हुने हो, परराष्ट्र मन्त्रीज्यूले हामीलाई भन्नुभएन । उहाँले केवल भ्रमणलाई सफल र फलदायी बनाउन के गर्नुपर्ला भनेर हाम्रो सुझाव माग्नुभयो । हामीले आफूले जाने बुझेअनुसार सुझाव दियौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर