‘बाहुबली’ स्टार प्रभासको 'आदिपुरुष'को तेलुगु राइटस १७० करोडमा बिक्री • Osvevo

 ‘बाहुबली’ स्टार प्रभासको ‘आदिपुरुष’को तेलुगु राइटस १७० करोडमा बिक्री

Osnepal May 29, 2023
0

मुम्बई, १५ जेठ । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ ।‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ ।

ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ । यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ । यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर