डिल्लीबजार कारागारबाट रिहा भएपछि शम चौधरीले भने टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ • Osvevo

डिल्लीबजार कारागारबाट रिहा भएपछि शम चौधरीले भने टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ

Osnepal Admin (KTM) May 29, 2023
0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछिउनले यस्तो बताएका हुन् ।

उनले यसका लागि आफु सघाउन तयार भएको बताएका छन् । त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’

आफ्नो श्रीमान, छोरा र दाजुभाइको देहान्त कसरी भयो भन्ने थाहा पाउने चेष्टा गर्नैपर्ने उनले बताए । त्यस्तै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर