रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ • Osvevo

रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Osnepal May 30, 2023
0

कञ्चनपुर, १६ जेठ । भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर