करेन्ट लागेर तीन जनाको मृत्यु • Osvevo

करेन्ट लागेर तीन जनाको मृत्यु

osvevo June 18, 2023
0

रौतहट । रौतहटमा करेन्ट लागेर करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहेका छन् ।

कबारीको अत्यधिक गर्मीका कारण पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर कबारीको ज्यान गएको हो । करेन्ट लागेर बेहोस कबारीको अस्पताल लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुणलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए ।

तत्काल एम्बुलेन्सबाट दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर