यी जिल्लामा आज बाढीको उच्च जोखिम • Osvevo

यी जिल्लामा आज बाढीको उच्च जोखिम

osvevo June 25, 2023
0

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।
यस्तै, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालीकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा र सिन्धुपाल्चोकमा पनि आकस्मिक बाढीको जोखिम रहनेछ । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर