सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग • Osvevo

सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग

osvevo June 27, 2023
0

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।यसअघि मेयर बालेनले अदालतको आदेश नमान्ने भनी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनलाई लिएर हल सञ्चालकले दायर गरेको मुद्दामा पाटन उच्च अदालतको आदेश नमान्ने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर उक्त फिल्म चल्न नदिने अडान लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर