कांग्रेस संसदीय दलको बैठक बस्दै, अवरुद्ध सदन खुलाउने बिषयमा छलफल • Osvevo

कांग्रेस संसदीय दलको बैठक बस्दै, अवरुद्ध सदन खुलाउने बिषयमा छलफल

netra August 11, 2023
0

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताउनुभयो । भोलिको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहिबार दिउँसो बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर