काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामै ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर तोलाको एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।