काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार काठमाडौंको तीनकुनेमा युवासंघका नेता तथा कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।
मंसिर ७ गते गर्न लागेको प्रदर्शनीको तयारीका लागि युवासंघले मसाल जुलुस निकालेको हो । युवा संघले भ्रष्टाचार, महङ्गी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध प्रदर्शन गरेको हो ।