अवैध लागूऔषध सहित बुढानिलकण्ठका राजेश बराल पक्राउ • Osvevo

अवैध लागूऔषध सहित बुढानिलकण्ठका राजेश बराल पक्राउ

Kabita Ghimire (KTM) July 13, 2021
0

काठमाडौं २९ असार । अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ३३ वर्षीय राजेश बराल रहेका छन् ।

निजलाई हिजो सोमबार चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २३ एम्पुल नुर्फिन र २३ एम्पुल फेनारगन सहित पक्राउ गरिएको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ७३६१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बरालको झोला चेकजाँच गर्ने क्रममा उक्त लागु औषध प्रहरीले फेला पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर